Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

‘सरकारले सहकारीलाई कानूनी रुपमा सहजीकरण गर्नुपर्छ’

२०८० असार १७ गते

बैंकिङ खबर/प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले सहकारीको विकास र प्रवद्र्धनका लागि कानूनी रुपमा सहजीकरण गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघ नेपालले १०१औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार ललितपुरमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले कसैको निहित इच्छापूर्तिका लागि होइन, सहकारीको उद्देश्य हासिल गर्न नेपाली सहकारीकर्मीहरु लाग्नुपर्ने बताए । सभामुख घिमिरेले समाज परिवर्तनका लागि सहकारी मजबुत खम्बा भएकाले सहकारी क्षेत्रको विभिन्न निकायमा रहेर काम गर्ने सरोकारवालाहरुले नबिराउनु/नडराउनु भन्ने आदर्शलाई मूल मन्त्र मानेर काम गर्नुपर्ने बताए ।

साथै प्रतिनिधिसभामा सहकारीलाई लिएर बहस हुने गरेको चर्चा गर्दै उनले कानूनमा भएका कमीकम्जोरीहरुलाई केलाएर सहकारीमैत्री ऐन/नियमहरु बन्नेमा आपूm विश्वस्त भएको बताए ।

महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा सभामुख घिमिरेले २०७९ सालमा देशका ७ वटै प्रदेशका उत्कृष्ट सहकारी संघ/संस्था र व्यक्तिलाई नगद पुरस्कारसहित प्रमाण पत्रले सम्मान गरेका थिए ।