
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६६ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले क वर्गको बाणिज्य बैंकहरुमा ५२ करोड ८० लाख रुपैयाँ, ख वर्गको राष्ट्रिय स्तरका विकास बैंकहरुमा ९ करोड ९० लाख रुपैयाँ र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ३ करोड ३० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई असार १५ गते जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुनुपर्नेछ । यसैगरी, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमा भन्दा बढी नभएको हुनुपर्ने लगायतका नियम केन्द्रीय बैंकले तोकेको छ ।



