Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बेथानचोकको नीति तथा कार्यक्रमः सहकारीका मूल्य, मान्यतालाई अनुसरण

२०८० असार १२ गते

बैंकिङ खबर/ बेथानचोक गाउँपालिकाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई अनुसरण गर्ने खालका कार्यक्रमहरु ल्याएको छ । बेथानचोक गाउँपालिकाको गाउँसभा तथा १३ औं अधिवेशनमा आ.व ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष भगवान अधिकारीले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई अनुसरण गर्न सबै सहकारी संस्थाहरुलाई अभिप्रेरीत गर्ने नीति लिएको बताए ।

लैंगिक दृष्टिकोणले पछि परेका सहकारीमा आवद्ध महिलाहरुलाई एकल तथा सामूहिक रुपमा उद्योग व्यवसाय सञ्चालन गर्ने क्षमता विकासका लागि आवश्यक पर्ने व्यावसायिक तथा सीपमूलक तालिम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

सहकारीको मूल्य, मान्यता र सिद्धान्त प्रवद्र्धन गर्न तथा सहकारी संघ संस्थाहरुको क्षमता अभिवृद्धिमा सहयोग पु¥याउन गैर नाफामुलक सहकारी संस्थाहरुको गठनलाई प्रोत्साहन गर्ने नीति लिइएको अध्यक्ष भगवान अधिकारीले बताए ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याहरुलाई मध्यनजर गर्दै बेथानचोक गाँउपालिकाका बचतकर्ताहरुको बचतको सुरक्षणका लागि गाँउपालिकाले सहकारीहरुको अध्ययन तथा अनुगमन गर्ने भएको छ ।

‘आफुले दुःख जिलो गरी सहकारीमा बचत गरेको रकम हिनामिना हुने गरेको देशभरको समस्यालाई मध्यनजर गरी यस गाँउपालिका भित्र त्यस्तो स्थिति आउन नदिन संचालनमा रहेका सबै सहकारी संस्थाहरुको वित्तिय अवस्था अध्ययन तथा अनुगमन गरिनेछ ‘ नीति तथा कार्यक्रममा भनिएको छ ।  यसैगरी सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीहरुको गुण्स्तर र क्षमता अभिवृद्धिमा बेथानचोक गाउँपालिकाले विशेष जोड दिने नीति लिएको छ ।