Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकलाई महानगरले भन्यो, ‘भवनको नक्सा पास छ कि छैन ?’

२०८० असार १ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकलाई काठमाडौं महानगरपालिकाले भवनको नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको छ । जेठ ३२ गते काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले राष्ट्र बैंकको बालुवाटार र थापाथली कार्यालयलाई नक्सा पासबारे प्रश्न गर्दै पत्र पठाएको हो ।

बैंकको नाममा दर्ता रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएको भन्दै महानगरले उक्त भवनको नक्सा पास भएको छ वा छैन भनि प्रश्न गरेको हो ।

‘बैंकको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकोले उक्त भवन प्रचलित नियम÷कानुन बमोजिम निर्माण भएको छ/छैन ?’ महानगरले केन्द्रीय बैंकलाई पठाएको पत्रमा भनिएको छ, ‘भएको भए सो को प्रमाण र पास नभएको भए मिति २०८०-०२-०३ को राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचना बमोजिम नक्सापास गर्न हुनु निर्देशानुसार अनुरोध छ ।’