Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेबोनबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनी १३५ पुग्यो(सूची)

२०८० जेष्ठ ३० गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीको संख्या १३५ पुगेको छ।

सेबोनले हालै थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेसँगै यो संख्या बढेर १३५ पुगेको हो। सेबोनले पछिल्लोपटक राष्ट्रिय वाणिज्य बैंक, एनआईबिएल सुलभ इन्भेस्टमेन्ट फन्ड–२, लागत इन्भेस्टमेन्ट प्रालि र ट्रु नर्थ एसोसिएट्स प्रालिलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेको हो।

यीसँगै योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनी तथा संस्थाहरुको संख्या १३५ पुगेको छ। यसअघि १३१ कम्पनीलाई विभिन्न मितिमा सेबोनले यस्तो स्वीकृति प्रदान गरेको थियो।

सूची