
बैंकिङ खबर/ सरकारल साढे तीन अर्ब रुपैयाँ नयाँसहित २८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सरकारका लागि राष्ट्र बैंकले नयाँ ऋण उठाइदिने र पुरानो नवीकरण गरिदिन लागेको हो।
राष्ट्र बैंकले सोबार ९१ दिने ट्रेजरी बिलमार्फत नयाँ साढे तीन अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ ९१ दिने ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्दैछ। यसबाहेक २८ दिने ५ अर्ब, १८२ दिने चार अर्ब र ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गर्दैछ।
पछिल्लो समय आन्तरिक ऋणको ब्याज दर घटिरहेको छ। पछिल्लो पटक जारी ट्रेजरी बिलको २८ दिनेको ७.३५ प्रतिशत, ९१ दिनेको ८.८६ प्रतिशत, १८२ दिनेको ८.७१ प्रतिशत र ३६४ दिनेको ८.३३ प्रतिशत ब्याज कायम भएको थियो।


