Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीको समस्या समाधान गर्न कार्यदल गठन

२०८० जेष्ठ २८ गते

बैंकिङ खबर/ सरकारले सहकारी समस्या समाधानका लागि डा. जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषद्को २३ वैशाखमा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा। राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपीसहितको कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समयसीमा पाएको छ ।