Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहायक पदमा नाम निकाल्ने २४ जनालाई जेठ २६ भित्र राष्ट्र बैंकले बोलायो

२०८० जेष्ठ २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सहायक (सहायक द्वितीय) पदका लागि खुला प्रतियोगितात्मक परीक्षा तथा अन्तर्वार्तामा उतिर्ण भएका २४ जनालाई नियुक्तीका लागि बोलाएको छ ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले सूचना प्रकाशित गर्दै लोकसेवा आयोगबाट लिइएको लिखित परिक्षा तथा बैंकबाट लिइएको अन्तर्वार्तामा उम्मेदवारले गरेको अंकका आधारमा शीर्ष २४ लाई स्थानीय नियुक्ती लिनका लागि बोलाइएको जनाएको छ ।

बैंकले नियुक्तीका लागि जेठ २६ गतेभित्र बैंकको केन्द्रीय कार्यालयमा रहेको जनशक्ति व्यवस्थापन विभागमा सम्पर्क गर्न भनेको छ । साथै, स्वास्थ्य परिक्षणको प्रतिवेदन तथा अन्य व्यहोरा अनुकूल भएमा असार ३ गते नियुक्ती दिने जनाएको छ । साथै, १२ जनालाई बैंकले प्रतिक्षा सूचिमा राखेको पनि सोही सूचनामा उल्लेख गरेको छ ।