May 28th, 2023

‘पैसा माग्न जानुअघि सहकारीको वास्तविकता बुझौं’

बैंकिङ खबर/सहकारी विभागले बचतकर्तालाई डर र अविश्वास बोकेर पैसा माग्न जानुअघि संस्थाको वास्तविकता थाहा पाउन आग्रह गरेको छ ।

विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारी संस्थाले स्वेतपत्र जारी गरेर बचतकर्ताको पैसा फिर्ता गर्न आग्रह गरे । सहकारीलाई घरजग्गा वा सहायक कम्पनी जहाँ जुन अवस्थामा लगानी गरेको छ, स्वेतपत्रमार्फत त्यसको वास्तविकता जानकारी गराएर बचतकर्ताको पैसा फिर्ता गर्न उनले आग्रह गरेका हुन् ।

सहकारीको दायित्वको कानुनी ग्रहण नगरे वा सहकारीको सम्पत्ति बेचेर पैसा नतिरे कानुनी दायरमा ल्याउने घिमिरेले बताए । सहकारीले घरजग्गा र सेयरमा गरेको कारोबारले समस्या देखिएको र सञ्चालकले बदनियत रुपमा लगानी गरेको तथा आफन्तको नाममा कम्पनी खोलेर लगानी गर्दा समस्या देखिएको उनले बताए । यी सबै कुरा खुलाएर स्वेतपत्र जारी गर्न उनले सबै सहकारी संस्थालाई आग्रह गरे ।

घिमिरेले बचतकर्तालाई पनि स्वेतपत्र जारी गर्ने विषयमा संस्थाका सञ्चालकलाई सहयोग गर्न आग्रह गरेका छन् । सहकारीका सञ्चालकलाई पनि स्वेतपत्र जारी गर्न र बचतकर्ताबाट नभाग्न उनले सुझाव दिए । सहकारीको समस्या समाधान गर्न सरकारले टास्क फोर्स गठन गरेको उनले जानकारी दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]