November 2nd, 2016

तंग्रिदै जनता बैंक, चुक्ता पुँजी पुर्याउने तिब्र कसरतमा 

janata bank 1जनता बैंक र त्रिबेणी बिकास बैंक मर्ज हुने भएका छन् । मर्जरसम्बन्धी सम्झौतामा दुई पक्षबीच हस्ताक्षर भईसकेको छ । मर्जपछि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने बताइएको छ ।
मर्जपछि हुने सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने जनाइएको छ । स्वाप रेसियो १०० बराबर १०० हुने जनता बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले जानकारी दिए । 

हाल चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ रहेको जनता बैंकले मर्जरपछि ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउने भएको छ । यस बैंकले १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन आह्वान गरेको छ भने ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर छ । हकप्रद र बोनस सेयर जोड्दा जनता बैंकको सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।
जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस बैंकमा हाल चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । सो बैंकले करिव १५ करोड रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव अघी बढाएको छ ।
पुँजी पुर्याउनका लागि जनता बैंकले अर्को विकास बैंक एक्वाएर गर्ने योजना बनाएको लम्सालले जानकारी दिए ।