Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी नीति परिमार्जन गरिने

२०८० जेष्ठ ५ गते

बैंकिङ खबर/सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने भएको छ । शुक्रबार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेललेसहकारी संघ संस्थाको अनुगमन र नियमन, संस्थागत सुशासन, प्राप्ति तथा एकीकरण, बचत तथा लगानीको सदुपयोग र सुरक्षण गर्न आवश्यक व्यवस्था मिलाइने भएको उल्लेख गरे ।

सहकारी क्षेत्रको पुनसंरचनासहित बचत तथा ऋण सहकारीलाई उत्पादन तथा श्रम क्षेत्रको केन्द्रित हुने व्यवस्था मिलाइने भएको छ ।