Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीको ३३ लाख चोरी, दुई जना पक्राउ

२०८० जेष्ठ १ गते

बैंकिङ खबर/ काभ्रेपलाञ्चोकको पनौतीस्थित सामुदायिक सहकारी संस्थाबाट रु. ३३ लाख चोरी गरी फरार रहेका मकवानपुरका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर–५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकवर लामा रहेका मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

गत वैशाख १७ गते सहकारीबाट सो रकम चोरी गरी फरार रहेका उनीहरुलाई मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाबाट विशेष सूचनाका आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट नगद पाँच लाख ४५ हजार, एक नाले भरुवा बन्दुक र रडसमेत बरामद गरिएको कार्कीले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय काभ्रेमा पठाइएको प्रवक्ता कार्कीले जानकारी दिए ।