May 11th, 2023

मौद्रिक नीति समीक्षाको तयारीमा राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारीमा रहेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी गरेको हो ।

यसैबीच गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकका सिईओहरुबीच बिहीबार छलफल हुँदैछ। गर्भनर अधिकारीले सिईओहरुलाई लन्च मिडिङका लागि नक्सालस्थित मारियट होटलमा बोलाएका छन्।

मौद्रिक नीति समीक्षाको तयारी राष्ट्र बैंकले गरिरहेको छ। तेस्रो त्रैमासिक समीक्षामा केही नीतिगत परिवर्तन गर्ने तयारी गरिरहेको राष्ट्र बैंकले सिईओहरुलाई छलफलका लागि बोलाएका हुन् । सरकारले पनि नेपाल राष्ट्र बैंकको मौद्रिक समीक्षामार्फत अर्थतन्त्र चलायमान बनाउने टुल्सहरु आउने अपेक्षा गरेको छ।