Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारीका समस्या समाधान गर्न सरकारले कार्यदल बनाउने

२०८० बैशाख २६ गते

बैंकिङ खबर/ सरकारले सहकारीमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैंठकले सहकारीका समस्या पहिचान गरी त्यसको समाधान गर्न नीतिगत र कानुनी सुधारका विषयहरु समेत सिफारिस गर्नेगरी कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय योजना आयोगको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयल हेर्ने सदस्यको संयोजकत्वमा सहकारी मन्त्रालयका सचिव सदस्य रहने गरी कार्यदल गठन गर्न सक्ने कार्यविधि मस्यौदा सहकारी विभागले मन्त्रालयमा पठाएको थियो । कार्यदलमा अर्थमन्त्रालय भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव र विज्ञ सदस्यहरु रहने कार्यविधि मस्यौदामा उल्लेख छ ।

सहकारीमा देखिएको वर्तमान समस्या पहिचान गर्ने र समस्या समाधानका लागि नीतिगत तथा कार्यान्वयन तहमा सुधार गर्न सक्ने कार्ययोजना सहितको सुझाव पेश गर्नेगरी कार्यदल बनाउने निर्णय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।