March 6th, 2016

आइतबारको शेयर बजार : ७८ करोडको कारोबार, सूचक ५.७८ अंकले बढ्यो

economic 2साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा ७८ करोड माथिको कारोबार भएको छ । दिनभरिमा १ सय २६ वटा कम्पनिको १० लाख ९५ हजार ५ सय ६९ कित्ता शेयर ३ हजार ६ सय २९ पटक किनबेच हुँदा ७८ करोड २५ लाख ९७ हजार ८ सय ९२ रुपैँया बराबरको कारोबार भएको छ । आइतबार शेयर सूचक पनि ५.७८ अंकले बढेर १३०६.५४ अंकको नयाँ विन्दुमा पुगेर बन्द भएको छ । 

नेको इन्स्योरेन्सका सात करोड ४१ लाख रुपैयाँ बराबरको साधारण सेयर किनबेच भएको छ । कम्पनीको ६३ हजार ३०७ कित्ता सेयर कारोबार भएको हो । इन्भेष्टमेन्टपछि लाइफ इन्स्योरेन्स कर्पोरेसन, सिद्धार्थ इन्स्योरेन्स, आरएमडिसीको सबैभन्दा वढी कारोबार भएको छ ।
 
बढ्दो बजारमा नेको इन्स्योरेन्स, हामा मर्चेन्ट, प्रिमियर इन्स्योरेन्स, मिथिला लघुवित्त, सेती फाइनान्स, नेपाल ग्रामिण विकास बैंक, सिछार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र अपि पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पति बढाएका छन् । वढी गुमाउनेमा पोखराल फाइनान्स, अरनिको डेलपमेन्ट, इन्नोभेटिभ डेलपमेन्ट, लगायतका लगानीकर्ता छन् । 
 
फाइनान्स र अन्य सुचक वाहेक सबै हरियो भएको छ । बिमा ११९ अंकले उक्लिएको छ भने होटल २४ अंक उक्लिएको छ ।