
बैंकिङ खबर/समस्याग्रस्त चार सहकारीले बचतकर्ताको पैसा फिर्ता गरेका छन्। चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी, सोसाइटल बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टीप्रपोज को–अपरेटिभ सहकारीका बचतकर्ताले पैसा फिर्ता पाएका हुन्।
सहकारी ऐन, २०७४ अनुसार सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५/०७६ मा यी ४ वटै सहकारीलाई समस्याग्रस्त घोषित गरेको थियो।
सहकारी व्यवस्थापन समितिका सदस्य सचिव केशवप्रसाद पौडेलका अनुसार चारवटै सहकारी समस्याग्रस्त हुँदा २८० जना बचतकर्ताले साढे १६ करोडको हाराहारीमा माग दाबी गरेका थिए।
मागदाबी गर्ने सबै बचतकर्तालाई पैसा फिर्ता गरिएको उनले जानकारी दिए।



