
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष एक जना पूर्व गभर्नरलाई सम्मान गर्ने परम्पराबमोजिम यस वर्ष पूर्व गभर्नर विजयनाथ भट्टराईलाई सम्मान गरिएको छ ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले पूर्व गभर्नर भट्टराईलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका हुन् । पूर्व गभर्नर भट्टराईले २०६१ माघ १८ देखि २०६६ माघ १७ गतेसम्म बैंकको गभर्नरको जिम्मेवारी सम्हालेका थिए ।
नेपालको आर्थिक, मौद्रिक एवम् वित्तीय क्षेत्रको व्यवस्थापनमा पु¥याएको योगदानको कदरस्वरूप पूर्व गभर्नरलाई यसरी सम्मान गर्ने परम्परा रहँदै आएको छ । यस्तै राष्ट्र बैंकले ‘सर्वोत्कृष्ट सेवा पुरस्कार’, ‘नेपाल राष्ट्र बैंक उत्कृष्ट सेवा पुरस्कार’, उत्कृष्ट विप्रेषण सेवा प्रदायक र उत्कृष्ट भुक्तानी सेवा प्रदायक समेत प्रदान गरेको छ ।


