
बैंकिङ खबर/ कर्जा सूचना केन्द्रका अनुसार वैशाख १२ गतेसम्म ७ वटा सहकारी संस्था कालो सूचीमा परेका छन् । विभिन्न व्यक्तिहरुले दिएको निवेदनको आधारमा ती सहकारीहरुलाई कालोसूचीमा राखिएकाे हो ।
कालोसूचीमा पर्ने सहकारीमा उत्तम सेभिङ एण्ड क्रेडिट रहेको छ । त्यस्तै, सन्ध्य बचत तथा ऋण सहकारी संस्था, मेगा ड्रिम मल्टीप्रपोज को-अपरेटिभ, नयाँतारा बचत तथा ऋण सहकारी संस्था, गणेशजल मल्टिपपर्स को-अपरेटिभ, मा अम्बे सेभिङ एण्ड क्रेडिट अपरेटिभ र सुमार्ग बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेका छन् ।




