Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

वित्तीय कारोबार गरिने उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकको सुझाव

२०८० बैशाख ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले डिजिटल रुपमा वित्तीय कारोबार गर्दा आफ्नो उपकरण सुरक्षित ढंगले प्रयोग गर्न सचेत गराएको छ। राष्ट्र बैंकले एक सचेतनामूलक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

वित्तीय कारोबारका क्रममा कम्प्युटर, ल्यापटप, मोबाइललगायतका उपकरण सुरक्षित ढंगले प्रयोग गर्न राष्ट्र बैंकले सुझाएको छ। त्यस्ता उपकरणमा अनिवार्य रुपमा पासवर्ड, प्याट्रन, पिन कोड, फिंगर प्रिन्टलगायत प्रयोग गर्ने बानी बसाल्न पनि केन्द्रीय बैंकले आग्रह गरेको छ।