२०८० बैशाख ८ गते

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. भट्ट अर्थमन्त्रालयको सल्लाहकारमा नियुक्त

बैंकिङ खबर/सरकारले अर्थमन्त्रालयको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टसहित ३ जनालाई नियुक्त गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सल्लाहकारहरूमा भट्टसहित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, अर्थविद् पोषराज पाण्डेलाई नियुक्त गरेको हो ।

पौडेल र पाण्डेले अर्थमन्त्री प्रकाशशरण महत तथा मन्त्रालयलाई अवैतानिक रुपमा सल्लाह दिनेछन् । अहिले बजेट निर्माणमा मुख्य भूमिका खेल्नेगरी सल्लाहकार समूह बनाइएको जनाइएको छ ।