
बैंकिङ खबर/प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च ब्याजदरको समस्यालाई समाधान गर्न सबैं सरोकारवालाहरु सहितको बैंठक बोलाएका छन् ।
उद्योगी व्यवसायीले उच्च ब्याजदरका कारण उद्योग व्यवसाय संचालमा समस्या भएको भन्दै आन्दोलित भएपछि प्रधानमन्त्री दाहालले आज (सोमबार) उक्त बैंठक बोलाउन लागेको जानकारी दिएका हुन् ।
‘उद्योगी व्यवसायीको समस्या भनेको सरकारको पनि समस्या हो,’ नेपाल चेम्बर अफ कमर्सको ७२ औं साधारणसभालाई सम्बोधन गर्दै भने, ‘उच्च ब्याजदरको समस्या तत्काल समाधान गर्न आजै सरोकारवालाहरु सहितको बैंठक राखेको छु ।
उक्त बैंठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी र निजी क्षेत्रलाई बोलाइएको समेत उनले जानकारी दिए । साथै उक्त बैंठकले ब्यवसायीका समस्या समाधानका लागि तार्किक निकास निकाल्ने समेत उनको भनाई थियो ।



