
बैंकिङ खबर/सरकारले पुरानो १६ अर्ब ४६ करोड रुपैयाँ नवीकरणसहित कुल २२ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले आज आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले ६ अर्ब रुपैयाँ नयाँ ऋण लिने छ।
राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने छ। ६ अर्बको नयाँ ट्रेजरी बिल १८२ दिन अवधिको हो। राष्ट्र बैंकले २८ दिने ट्रेजरीमार्फत ३ अर्बको नवीकरण पनि गर्न लागेको छ। ९१ दिनेमार्फत अर्को ८ अर्ब रुपैयाँ नवीकरण गर्ने छ। १८२ दिने ४६ करोड र ३६४ दिने ५ अर्ब रुपैयाँ नवीकरण गर्न लागेको छ।
अघिल्लो पटक २८ दिनेको ८.९४ प्रतिशत, ९१ दिनेको ९.७६ प्रतिशत, १८२ दिनेको ९.८८ प्रतिशत र ३६४ दिनेको ९.८१ प्रतिशत ब्याज दर कायम भएको थियो।


