Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रिपोमार्फत २० अर्ब रुपैयाँ बजारमा पठाउँदै राष्ट्र बैंक

२०७९ चैत्र २३ गते

बैंकिङ खबर/बैंकहरुमा तरलता अभाव बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँ बजारमा प्रवाह गर्ने भएको छ। राष्ट्र बैंकले रिपोमार्फत प्रणालीमा २० अर्ब रुपैयाँ पठाउन लागेको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको ट्रेजरी बिल धितो राखेर ऋण दिने मौद्रिक औजार रिपो हो। बैंक वित्तीय संस्थालाई १४ दिनको रिपो दिन लागिएको हो।

पछिल्ला दिन बैंकहरुमा तरलता अभाव सुरु भएको छ। औषत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८५ प्रतिशत रहेपनि १० बैंकको ९० प्रतिशत नजिक छ। केही दिनअघि पनि आउट राइट पर्चेजमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाएको थियो।