April 4th, 2023

सहकारीहरु बन्दै गर्नुपर्ने अवस्था छैनः जनार्जन सापकोटा(भिडियोसहित)

बैंकिङ खबर/वरिष्ठ सहकारीकर्मी जनार्जन सापकोटाले न्यूरोडमा रहेका सहकारीहरु बढी समस्यामा परेको बताए । उनले भने, ‘सहकारीहरुले विना धितो ऋण दिँदै आएका छन् ।

न्यूरोडमा व्यवसायीहरुले ११, १२ वटा सहकारीबाट ऋण लिएको अवस्था छ ।’ व्यवसायीले व्यापार व्यवसाय गर्छन् तर किस्ता किन आएन भनेर सोध्दा चीनको नाका बन्द भयो, व्यापार भएन जस्ता समस्याहरु देखाउने गरेको उनले बताए । सबै सहकारी एउटै समस्या फसिरहेको उनको भनाइ छ । बैंकिङ नीति अनुसार सहकारीले ७० प्रतिशत लगानी गर्ने गरेपनि लगानी अनुसारको ब्याज र रकम असुल गर्न नसकेको बताए । कोभिड र लकडाउनका कारण अहिले समस्या देखिएको उनको भनाइ छ ।

उनले भने, ‘७० प्रतिशत ऋण लगानी भएको छ । सहकारी बन्द गर्नुपर्ने अवस्था छैन ।’ सहकारीले तत्कालीन अवस्थामा मल्हम लगाउने काम गरेको भन्दै उनले पछिल्लो समय सहकारीमा असुरक्षा हुने कारण देखाउँदै ट्रेन्ड बढेको बताए ।

हेर्नुहोस् भिडियो


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]