Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

संकटमा सुमेरु सहकारी, निक्षेपकर्ताले गठन गरे संर्घष समिति

२०७९ चैत्र १९ गते

बैंकिङ खबर/ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको सुमेरु बचत तथा ऋण सहकारी संकटमा फसेको छ । गत चैत्र १० गते सूचना प्रकाशित गरेर सहकारीले बचत फिर्ता गर्न कठिन रहेको जानकारी दिएको छ ।

पटक–पटक ताकेता गर्दा पनि पैसा नपाएको भन्दै बचतकर्ताले सातदोबाटोस्थित समेरु समूहमा भेला भएर सुमेरु बचत तथा ऋण सहकारी पीडित संर्घष समिती गठन गरेका छन् ।

भेलाले ११ सदस्यीय संर्घष समिती गठन गर्दै राम भण्डारी क्षेत्रीलाई संयोजक बनाएको छ । संर्घष समितिका एक सदस्यले सहकारीको ८ अर्व बचतकर्ताको बचत देखिएको बताए ।