April 1st, 2023

राज्यले सहकारीलाई महत्व दिएनः अमरावती महर्जन(भिडियोसहित)

बैंकिङ खबर/ महिला सहकारी नेतृ अमरावती महर्जनले सहकारी क्षेत्र अर्थतन्त्रको पेट्रोलको रूपमा रहेको बताएकी छन् । मिडिया इन्टरनेशनलले आयोजना गरेको ‘संकटमा अर्थतन्त्रः बहसमा निकास’ कार्यक्रममा बोल्दै उनले सहकारीले नै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएकी हुन् ।

‘सरकारले अर्थतन्त्रको तीन खम्बे नीतिलाई अबलम्बन गरेर सहकारीलाई एक स्थान दिए पनि राज्यले महत्त्व दिएको छैन,’ उनले भनिन्, ‘सहकारी अर्थतन्त्रको पेट्रोल हो । त्यसकारण यसको महत्त्वको बारेमा राज्यले पनि ध्यान दिनुपर्छ । सहकारीलाई बचाउनुपर्छ । जसले अर्थतन्त्रलाई टेवा पुर्याउँछ ।’

सहकारीको संरक्षण गर्न सबै लाग्नुपर्ने उनले बताइन । सहकारी संस्थाको कार्य क्षेत्र अनुसार अघि बढ्न दिए त्यसले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।सरकारले सहकारीलाई एकातिर मर्जर अर्काेतर सञ्चालनको अनुमति दिइरहेकोमा उनले आपत्ति जनाइन् । ‘राजनीतिलाई अघि बढाउन सहकारीको प्रयोग गरियो । आज सहकारी सञ्चालन गर्न पनि डराउनु पर्ने अवस्था आएको  छ’ उनले भनिन् ।

हेर्नुहोस् भिडियो