बैंकिङ खबर/ बैंकका कर्मचारीहरुले २०८० सालदेखि वर्षमा ४५ दिन बिदा पाउने भएका छन् । बिहीबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले आगामी वर्ष २०८० मा बैंक तथा वित्तीय संस्थाहरु ४५ दिन बन्द हुने जनाएको हो । बैंक तथा वित्तीय संस्थाहरु बन्द हुँदा बैंकका कर्मचारीले पनि बिदा पाउनेछन् ।
केन्द्रीय बैंकका अनुसार वर्षको पहिलो दिन अर्थात नयाँ वर्षको दिन बैंक बिदा हुनेछन् । बैशाख १८ गते विश्व मजदुर दिवस हुनेछ । यस्तै, जेठ २२ गते बुद्ध जयन्तीको दिन पनि बिदा दिइएको छ ।
बैंकका कर्मचारीहरुले दशैं तिहारमा मात्रै करिब दुई साता अर्थात् १२ दिन घर बस्न पाउने भएका छन् । दशैंमा ६ दिन र तिहारमा ५ दिन बैंक तथा वित्तीय संस्था बन्द रहनेछन् । बिचमा एकदिन शनिबार परेको छ । बैंकका कर्मचारीले दशैं तिहारमा कुल १२ दिन घर बस्न पाउने छन् ।
Holiday-list-2080-Nepali