
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन र विश्लेषणका लागि किनेको १० कित्ता सेयर अहिले लाखौं पुगेको बताएका छन् । ‘ग्लोबल मनी विक–२०२३’ को समारोहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले दुई वर्षमा आउने वार्षिक प्रतिवेदनका अध्ययनलाई पछ्याउन किनेको १० कित्ता सेयर अहिले लाखौं भाएको बताएका हुन् ।
‘एउटा सूचीकृत कम्पनीको बारेमा जानकारी लिनुपर्यो भने दुई वर्षपछि बल्लबल्ब वार्षिक प्रतिवेदन आउँथ्यो । त्यो पनि कति परदर्शी हुथ्यो कि हुँदैन थियो । त्यसलाई विश्लेषण गर्नका लागि भएपनि १० कित्ता सेयर किनेर त्यो वार्षिक वित्तीय विवरणलाई पछ्याउने गरेको थिए । ५०/५२ सालमा वित्तीय विवरण विश्लेषणका लागि किनेको १० कित्ता सेयरबाट अहिले लाखौंको सम्पत्ति भएको छ । यसरी पूँजीकरण भएको छ ’ गभर्नर अधिकारीले भने ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष पनि मञ्चमा रहेको कार्यक्रममा बोर्ड अध्यक्ष रमेशकुमार हमाललाई सम्बोधन गर्दै उनले २०५०/०५२ सालमा वित्तीय विश्लेषणका लागि किनेको १० कित्ता सेयर लाखौ पुगेको बताएका हुन् ।
उनले कार्यक्रममा नेपालमा निक्षेपमा उच्च ब्याजदर भएपनि बचत न्यून भएको बताए । उनले अहिले फोर्सफूल रुपमा बचत गर्यो भने पनि त्यसले ८–१० वर्षमा डबल हुने अवस्था रहेको गभर्नर अधिकारीको भनाइ छ । तर, पनि नेपालमा बचत भन्दा पनि उपाभोग केन्द्रित रहेको र जसले कुल राष्ट्रिय बचत समेत न्यून रहेको गभर्नर अधिकारीले बताए ।


