
काठमाडौं । सञ्चारकर्मी राज लुईटेल संगीत पत्रकारिताबाट सम्मानित भएका छन् । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा सम्पन्न भएको राष्ट्रिय समावेशी अवार्डको विशेष समारोहमा लुईटेललाई सम्मान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी विशिष्ट अभिनेत्री वसुन्धारा भुषाल, तथा वरिष्ठ पत्रकार शान्ति प्रियले लुईटेललाई सम्मान गरेका थिए ।
लामो समयदेखि संचार क्षेत्रमा आवद्ध रहि गीत संगीत क्षेत्रमा पु¥याएको योगदान वापत संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको आयोजक समितिले जानकारी दिएको छ । लुईटेलले हालै मुम्बईमा समेत दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मान प्राप्त गरेका थिए ।
छापा पत्रकारिता मार्फत संचारमाध्यममा आवद्ध भएका लुईटेल हाल राष्ट्रखबर डटकम, राष्ट्रखबर पत्रिका, तथ्यखबर , राष्ट्रपत्र, ग्यालेक्सिदैनिक,पेजेन्ट नेपाल लगायत संचारमाध्यमका प्रमुख हुन । कार्यक्रम व्यबस्थापन संघ नेपालका उपाध्यक्ष समेत रहेका लुईटेलले गिनिज वल्र्ड रेकर्डस,अमेरिका वल्र्ड रेकर्डस अफ बुक, युरोपियन वल्र्ड रेकर्डस, ब्रिटिश वल्र्ड रेकर्डस अफ बुक, भारतमा समेत डा. एपिजे अव्दुल कलाम सेवा सम्मान,इन्टरनेशनल युथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीज्म अवार्ड लगायत विश्व चर्चित संघ संस्थाबाट सम्मानित भइसकेका छन् ।


