Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अमेरिकामा अझै १८६ बैंक डुब्ने खतरामा

२०७९ चैत्र ५ गते

बैंकिङ खबर/ अमेरिकामा थप १८६ बैंक डुब्ने खतरामा पुगेका छन् । सोसल साइन्स ई–रिसर्च नेटवर्कले गरेको एक अध्ययनले उक्त निष्कर्ष निकालेको हो । ब्याजदरमा भएको वृद्धि र ठूलो असुरक्षित निक्षेपका कारण यी बैंकहरुको यस्तो अवस्था भएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकामा बैंकिङ संकट सुरु भएपछि मानिसले साना बैंकबाट पैसा निकालेर ठूला बैंकमा राख्न थालेका छन्। ठूला बैंकमा जोखिम कम हुने उनीहरुको विश्वास छ।

दुई दशकयता अमेरिकामा ५०० भन्दा बढी बैंक टाट पल्टेका छन्। अर्थशास्त्रीहरुले भनेका छन्, ‘हाम्रो अनुसन्धानले सुझाव दिन्छ कि यी बैंकहरू निश्चित रूपमा सम्भावित जोखिममा छन् ।’