Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

लक्ष्मी बैंकले किन्यो प्रोफेशनल दियालो विकास बैंक

२०७३ कार्तिक ७ गते

laxmiलक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंकलाई किनेको छ । बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले प्रोफेशनल दियालोलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरी सम्झौतापत्रको समेत अनुमोदन गरेको छ । साथै, साधारण सभाबाट प्राप्ति प्रयोजनका लागि प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकन समेत पारित गरेको छ । 

हाल लक्ष्मी बैंकको चुक्तापुँजी तीन करोड रुपैयाँ छ भने १० जिल्ला कार्यक्षेत्र भएको प्रोफेशनल दियालो विकास बैंकको पुँजी २४ करोड रुपैयाँ छ । प्रोफेसनल दियालोलाई प्राप्ति गरेपछि कायम हुन आउने पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव बैंकको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । उक्त एक्विजिसन र हकप्रद वितरणपछि बैंकको पुँजी साढे छ अर्ब पुग्नेछ ।