Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

एक महिनामै सहकारीविरुद्ध चार सय ५१ उजुरी

२०७९ फाल्गुन १३ गते

बैंकिङ खबर/सहकारी विभागमा गत मङ्सिरमा मात्रै ४३ जनाको उजुरी परेकामा पुसमा चार सय ५१ उजुरी परेको छ । एक महिनाको अन्तरालमा चार सय आठ उजुरी थपिएको विभागका उप रजिष्ट्रार खिमानन्द आचार्यले जानकारी दिएका छन् । सहकारीमा सङ्गठित सदस्यलाई आर्थिक समस्या पर्दा त्यस स्रोतको जोहो गर्न उनीहरूबाट केही एकाइ रकम सङ्कलन गरी सम्बन्धित पक्षको हित प्रवद्र्धन तथा सामाजिक उत्थान गर्न गरिने एकीकृत प्रयास सहकारीको अवधारणा हो ।

सहकारीमा आबद्ध सदस्यले सङ्कलन गरेको निक्षेप पाउन नसकेपछि यस क्षेत्रबाट ठगिएको भन्दै न्यायका लागि उजुरी गर्न थालिएको हो । सर्वसाधारणलाई ठगेका यस्ता संस्थालाई कडा कारबाही गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको अर्थविद् राधेश्याम मालाकारले बताए । यस अवधारणाअनुसार व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुग्छ । जुन उद्देश्यका लागि सहकारी संस्था खोलिए पनि ती उद्देश्यअनुसार कार्य पूरा नहुँदा तथा नियमनकारी संस्थाबाट आवश्यक प्रभावकारी भूमिका निर्वाह नगर्दा ठगी बढ्दै गएको छ ।

संस्था सञ्चालक तथा पदाधिकारीले सदस्यलाई सुनियोजितरूपमा उच्च प्रतिफल दिने प्रलोभनमा रकम लामो समयावधिसम्म बचत गर्न लगाउने, सङ्कलित निक्षेपलाई कर्जाका रूपमा प्रवाह गर्न नयाँ सदस्य थप गर्ने, अनुत्पादक क्षेत्रमा लगानी गर्नेजस्ता कार्यले यस क्षेत्रमा आएको जोखिमले समस्या बढ्दै गएको छ ।