बैंकिङ खबर/चार्टर सेभिङ एण्ड क्रेडिड को–अपरेटिभ सहकारीको कागपत्र टुकुचा खोलामा भेटिएको छ । समस्याग्रस्त घोषणा भएको ४ वर्षपछि सहकारीको फाइल टुकुचा खोलामा भेटिएको हो । सहकारीलाई सरकारले २०७५ असार १८ गते समस्याग्रस्त घोषणा गरेको थियो।
सहकारी व्यवस्थापन समिति कार्यालयका सदस्यसचिव केशव प्रसाद पौडेलले चार्टर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ सहकारीको कागजात टुकुचा खोलामा भेटिएको बताए । सहकारीविरुद्ध १४ जना बचतकर्ताले १ करोड ६६ लाख रुपैयाँको मागदाबीसहित उजुरी दिएका छन्। हाल समितिले समस्याग्रस्त घोषणा भएका १२ सहकारीको व्यवस्थापन गरी ऋण उठाउने र बचतकर्ताको पैसा फिर्ता गर्दै आइरहेको छ।