Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शिवशिखर सहकारीका सञ्चालकलाई खोज्न प्रशासनको निर्देशन

२०७९ फाल्गुन २ गते

बैंकिङ खबर/ जिल्ला प्रशासन कार्यालय कैलालीले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सेवा केन्द्र धनगढीका सञ्चालक र कर्मचारीलाई खोज्न प्रहरीलाई पत्रसहित निर्देशन दिएको छ ।

आइतबार शिवशिखर बहु उद्देश्यीय सहकारी संस्थामा पैसा बचत गरेका सर्वसाधारणले पैसा पिर्ताका लागि पहल गर्न प्रशासनसँग आग्रह गरेका थिए ।

शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था विरुद्ध बनेको संघर्ष समितिले करोडौं बचत फिर्ता नगरेर सञ्चालक र कर्मचारी फरार रहेका भन्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेलसंग पैसा फिर्ताका लागि आवश्यक पहल गरिदिन आग्रह गरेका थिए ।

नागरिकको गुनासो सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कटेलले तत्काल शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था सेवा केन्द्र धनगढीका सञ्चालक र जिम्मेवार कर्मचारीलाई खोज्न जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाएको संघर्ष समितिका सचिव नारायण पन्थीले बताए ।

शिवशिखर बहु–उद्देश्यीय सहकारी संस्था लिमिटेडको सेवा केन्द्र धनगढीमा करिव २६ हजार वचतकर्ता रहेको अनुमान गरिएको छ ।

उनले प्रशासन संगै धनगढी उप महानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारलाई पनि समस्याका बारेमा जाकारी गराइएको बताए । शिवशिखर सहकारी संस्था सेवा केन्द्र धनगढीको कार्यालयमा गत शुक्रबार देखि ताला लगाइएको छ ।