Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंक,वित्तले अनुमतिविना सेवा शुल्क लिए १० प्रतिशत तिर्नुपर्ने

२०७९ फाल्गुन २ गते

बैंकिङ खबर/ कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना वित्तीय सेवा उपलब्ध गराएर शुल्क लिए क्षतिपुर्ती तिर्नुपर्ने व्यवस्था रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले एकतर्फी रूपमा कुनै प्रकारको वित्तीय सेवा उपलब्ध गराई सोबापत शुल्क लिन नपाइने व्यवस्था छ ।

केन्द्रीय बैंकका अनुसार ग्राहकको अनुमतिविना उपलब्ध गराइएका सेवाबापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्र बैंकले सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष गुनासो दर्ता आग्रह गरेको छ ।