Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

संचारकर्मी लुईटेललाई ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन’ अवार्ड

२०७९ माघ २७ गते

बैंकिङ खबर/संचारकर्मी राजेन्द्र लुईटेल भारतमा ‘मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’बाट सम्मानित भएका छन् । उनलाई भारतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।

यो अवार्ड भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्डका रुपमा लिइन्छ । डेढ दशक भन्दा लामो समयदेखि विभिन्न संचार माध्यममा रहेर काम गर्दै आएका राजन्द्र विभिन्न अवार्डबाट सम्मानित हुँदै आएका छन् ।

५ फ्रेबुरीको दिन भारतको मुम्बईस्थित ताज होटलमा आयोजित भव्य समारोहकाबीच आफुलाई उक्त सम्मान प्रदान गरिएको राजन्द्रले बताए । मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चाँदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका हुन् ।