Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

रेमिट्यान्स बचत खातामा बैंकले १०० रुपैयाँ जम्मा गर्न सक्ने

२०७९ माघ २६ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले रेमिट्यान्स बचत खातामा १०० रुपैयाँ जम्मा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने नेपालीको विप्रेषण (रेमिटयान्स) बचत खाता खोल्दा बैंक तथा वित्तीय संस्थाले आफ्नो तर्फबाट १०० रुपैयाँ जम्मा गर्न सक्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले त्यसरी रेमिटयान्स बचत खातामा जम्मा गरिएको प्रति खाता एक सय रुपैयाँ संस्थागत समाजिक उत्तरदायित्व कोषबाट खर्च गर्न मिल्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले इ.प्रा.निर्देशन नं. ६ को बुँदा नं.१६ को उपबुँदा ९ थप गरी क्रमसंख्या मिलान गर्दै रेमिटयान्स बचत खातामा जम्मा गरिएको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट खर्च गर्न मिल्ने व्यवस्था गरेको हो ।