February 9th, 2023

राष्ट्र बैंकले ब्याजदर घटाए घट्नसक्ने

बैंकिङ खबर/नेपाल बैंकर्स संघले आगामी फागुन महिनामा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंठकले मंसिरमा निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

पुससम्म व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर १ माघबाट ११ प्रतिशतमा झारेमा थिए । बाह्य क्षेत्रमा क्रमीक सुधार हुँदै गएको र निक्षेप पनि सुधारोन्मुख भएकोले ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएकोछ ।

निक्षेपको ब्याजदर बढाउनुपर्ने अवस्था नरहेको र ब्याजदर धेरै घटाउँदा सुधार हुदै गएको बाह्य क्षेत्रमा दबाब पर्ने र मौद्रिक नीति समीक्षा पनि आउँदै गरेकोले अहिलेलाई ब्याजदर यथावत राख्ने निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाएमा भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्नसक्ने छ । ब्याजदर प्रकाशित गर्न आइतबासम्मको समय छ । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा बैंकदर घटाएमा ब्याजदर घटाउन सकिन्छ । बैंकदर स्थिर भएमा निक्षेपको ब्याजदर फागुनमा स्थिर रहनेछ ।