बैंकिङ खबर/ फागुनको ब्याजदर निर्धारण गर्न वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले आज बस्दैछ ।
बिहान ९ः३० बजे बस्ने बैठकमा कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्। एनबीएले यो माघ महिनामा व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेको थियो।
जसअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको छ।
‘अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाइरहनु नपर्ने बैंकहरुबीच अनौपचारिक सहमति बनेको छ’ एनबीएका एक अधिकारीले भने, ‘त्यसैले माघकै ब्याजदरले फागुनमा निरन्तरता पाउने सम्भावना प्रबल छ।’




