Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रभु बैंकका सीई‌ओ नियुक्तीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२०७९ माघ २३ गते

बैंकिङ खबर/उच्च अदालत पाटनले प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ)को नियुक्त विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार उच्च अदालतले प्रभु बैंकका सीई‌ओ अशोक शेरचनको नियुक्त खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

शेरचनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको प्रावधान विपरित सीइओ नियुक्त गरिएको भन्दै अधिवक्ता अनिता थापाले माघ १३ गते सञ्चालक समितिको निर्णय खारेज हुनु पर्ने मागसहित उच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।