January 17th, 2023

ठगी आरोपमा सहकारीका अध्यक्ष पक्राउ

बैंकिङ खबर/ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ । उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।
यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]