यस साता नेपाल स्टक एक्सचेन्जमा २ अर्ब ७९ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । साताभरमा १ सय ४३ वटा कम्पनीको ४७ लाख ५४ हजार ५ सय ८० कित्ता शेयर १३ हजार ४ सय ६४ पटक खरिद विक्रि भएका छन् । कारोबार रकम गत साताको भन्दा १ दशमलव ३९ प्रतिशत कम हो । गत साता १ सय ३८ वटा कम्पनीहरुको ८० लाख १० हजार दुई सय ४० कित्ता सेयर ११ हजार ६ सय ९६ पटक किनबेच हुँदा २ अर्ब ८३ करोड १५ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १७ दशनलव ०९ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव १ अंकले बढेर २ सय ८० दशमलव ७४ अंकमा आईपुगेको छ ।
साताको कारोबारको अन्तिम दिन विहिबार नेप्से परिसूचक ४ दशमलव ९८ अंकले बढेर १ हजार ३ सय दशमलव ७६ को बिन्दुमा पुगी कारोबार बन्द भएको थियो । त्यसैगरी सेन्सिटिव इन्डेक्स क वर्गका कम्पनी सूचक पनि ० दशमलव ९५ अंकले बढेर २ सय ८० दशमलव ७४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।
यस साता कारोबार रकमको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहेको छ जसको १९ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरको १५ करोड ३९ लाख, नेपाल ग्रामीण बिकाश बैंकको १२ करोड ५८ लाख ८० हजार, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ करोड ७४ लाख ८० हजार र नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको ९ करोड ६० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नविल व्यालेन्स फण्ड अग्रस्थानमा रहेको छ जसको ५ लाख ४८ हजार कित्ता खरिद बिक्रि भएको छ । त्यसैगरी कारोबार संख्याको आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ जसको ९ सय ५५ वटा कारोबार भएको छ ।
यस साता एनबि इन्स्योरेन्स कम्पनीको ८० हजार ८ सय ३ कित्ता हकप्रद शेयर, सानिमा बैंकको ५१ लाख ६ हजार २ सय ९७ कित्ता बोनस शेयर, कैलाश बिकाश बैंकको २१ लाख ४८ हजार ७ सय ७६ कित्ता बोनस शेयर, प्यासिफिक डेभलपमेन्ट बैंक २ लाख १० हजार ८ सय १६ कित्ता बोनस शेयर, युनिक फाइनान्सको १ लाख ५६ हजार १ सय कित्ता बोनस शेयर र नेको इन्स्योरेन्स कम्पनीको ३ लाख १७ हजार ७ सय ७० कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भए ।