January 6th, 2023

थप ९ सहकारी कालोसूचिमा

बैंकिङ खबर/ थप नौ सहकारी कालोसूचिमा परेका छन् । बचतकर्ताको रकम फिर्ता नगरेपछि ती सहकारी कालोसूचिमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था, स्मृति सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, महाकाली मल्टीप्रपोज को अपरेटिभ र गोर्खाली बचत तथा ऋण सहकारी, श्री उमा गौरी एग्रिकल्चर कोअपरेटिभ, गोल्डेन रोज सेभिङ एण्ड क्रडिट कोअपरेटिभ, गणेशजल मल्टी प्रपोज कोअपरेटिभ कालोसूचिमा राखिएको छ ।

त्यस्तै, मेगा ड्रिम मल्टी प्रपोज कोअपरेटिभ र महाकाली मल्टी प्रपोज कोअपरेटिभ लाई पनि केन्द्रले यस अवधिमा कालोसूचीमा राखेको छ । केन्द्रका अनुसार चालु आर्थिक वर्षको पुस महिनामा मात्रै ९ वटा सहकारी संस्था कालोसूचीमा राखेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]