Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सन् २०२२ मा बैंकिङ क्षेत्रमा के-के भए ? (वर्षभरिको रिपोर्ट)

२०७९ पुष १७ गते

बैंकिङ खबर व्यूरो/ नेपालको बैंकिङ क्षेत्रमा अन्य वर्षहरुमा झै सन् २०२२ मा ठूला उतारचढावहरु आए । यस वर्षमा व्याजदर वृद्धिले आक्रान्त बनायो । यसैक्रममा बैंकिङ खबरले सन् २०२२ मा बैंकिङ क्षेत्रमा के कस्ता घटनाहरु भए भनेर मुख्य विषयवस्तुलाई समेटेर रिपोर्ट तयार गरेको छ । हेरौँ सन् २०२२ सम्म बैंकवित्तमा भएका मुख्य बैंकिङ गतिविधि :

उच्च ब्याजदर

असोजमा एकाएक बैंकहरुको व्याजदर ह्वातै बढ्यो । यो व्याजदर इतिहासकै उच्च वृद्धि हो । भदौंसम्म मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत थियो । तर, असोजमहिनादेखि त्यस्तो ब्याजदर १० प्रतिशतले बढेर १२ प्रतिशतमाथि पुग्यो । हाल पनि व्याजदर १२ प्रतिशत माथि नै छ । निक्षेपको ब्याजदर नै १५ प्रतिशत पुगेपछि कर्जाको ब्याजदर स्वभाविक रुपमा त्यो भन्दा चर्को भएको छ ।

तरलता अभाव

सन् २०२२ मा पनि तरलता अभाव देखियो । लामो समयदेखिको तरलता अभाव अझै समाधान हुन सकेको छैन । तरलता अभाव हुँदा बजारमा लगानीयोग्य क्षेत्रमा लगानी हुन सकेन भने अर्कोतर्फ ब्याजदर वृद्धि झण्डै दोब्बर भएको छ । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले बजारको मागमा संकुचन भायो भने व्यवसायीहरु लगानीबाट पछि हटे ।

मर्जरलाई तीव्रता

सन् २०२२ मा नेपाल राष्ट्र बैंकले मर्जरलाई तिव्रता दियो । हाल मर्जरकै कारण बैंकहरुको संख्या घटेको छ । यस क्रममा राष्ट्र बैंकले मर्जरमा जाने बैंकहरुलाई विभिन्न सहुलियतको व्यवस्था समेत ल्याएको छ । जसले गर्दा वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान तस्मिएका छन् ।

विवादमा गभर्नर

सन् २०२२ मै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विवादमा मुछिए । नेकपा एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपनि) मा अर्थ तथा योजना विभाग सदस्यमा ‘एम. अधिकारी, खोटाङ’ को नाम देखिएपछि उनी विवादमा मुछिए ।

सहकारीमा व्याप्त समस्या

सन् २०२२ मा सहकारी क्षेत्रमा व्यात समस्याहरु देखिए । विशेष गरी सहकारी सञ्चालकहरु फरार हुँदा र सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा समस्या हुन पुग्यो । तरलता अभावको समस्या सहकारी संस्थामा पनि देखिन थाल्यो। बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको र सहकारी संस्थाबारे नकारात्मक कुरा आएका कारण सहकारी संस्थामा बचत कम आए ।

यहि वर्ष सहकारी व्यवस्थापन समितिको कार्यालयले सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको नाम कालोसूचीमा राख्ने प्रक्रिया अघि बढायो ।

समस्याग्रस्त सहकारीबाट ऋण लिएर विदेश गई बसेकालाई पनि इन्टरपोलको सहयोगमा नेपाल ल्याएर कानूनी कारबाही गर्न सरकारले प्रक्रिया अघि बढाइएको छ । सरकारले ओरेन्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देशीय सहकारी संस्था लिमिटेड, स्टयाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायत १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गर्यो ।

लुघवित्तमा बढ्दो तनाब

लुघुवित्त क्षेत्रमा २०२२ मा तनाबको स्थिति पैदा भयो । बैंक वित्तमा जस्तै लघुवित्त क्षेत्रमा पनि तरलता अभावको समस्या देखियो भने अर्कोतर्फ लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिको नाममा आन्दोलन समेत भए ।

शेयर बजारमा पहिराे

शेयर बजार क्षेत्रमा २०२२ त्यति सुखद हुन सकेन । यो वर्ष शेयर बजारमा भारि गिरावट आयो । हालै अर्थमन्त्रीमा विष्ण पौडेल आएसँगै लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलसामु पुँजीबजार सुधारका लागि विभिन्न सुझाव पेस गरेका छन्। उनीहरुले सेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल हटाउनुपर्ने, भारित औसत दर १०० प्रतिशत झार्नुपर्ने र बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझाव दिएका छन्।

बैंकिङ कसुर

सन् २०२२ मा बैंकिङ कसुरका घटनामा कमी आउन सकेन । बैंकिङ कसुर मुद्दामा पक्राउ पर्ने क्रम बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ कसुरसम्बन्धी पाँच हजार तीन सय ८३ मुद्दा दर्ता भए । सन् २०२२ मै चेक बाउन्सको मुद्दा बैंकिङ कसुरअन्तर्गत नपर्ने भनी तीन वर्षपहिले गरेको फैसलालाई सर्वोच्च अदालतको पूर्ण इजलासले ‘सच्याएको’ छ ।