Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर अधिकारीको तलब भत्ता करिब आधा करोड

२०७९ पुष १२ गते

बैंकिङ खबर/गत आर्थिक वर्ष राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ४९ लाख ५ हजार २५५ रुपैयाँ तलब भत्ता लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गभर्नर अधिकारीले तलब बापत १४ लाख १८ हजार ४०० रुपैयाँ लिएका छन् ।

यस्तै उनले सञ्चालक समितिको बैठक भत्ता बापत ३ लाख ५ हजार रुपैयाँ लिएका छन् । यस्तै अन्य भत्ता तथा सुविधा बापत गभर्नर अधिकारीले ३१ लाख ८१ हजार ८५५ रुपैयाँ लिएका छन् ।