Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिमेन्ट तथा डण्डी निर्यातमा नगद अनुदान दिन राष्ट्र बैंकको निर्देशन

२०७९ पुष ४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले निर्यात अनुदानमा संशोधन भएको कार्यविधि कार्यान्वयन गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सिमेन्ट तथा डण्डी निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था गरेको थियो । सो अनुसारको कार्यविधि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको थियो ।
राष्ट्र बैंकले सो अनुसार कार्यविधिमा संशोधन गर्दै सरकारले घोषणा गरेका वस्तुहरूले अनुदान पाउनेमा समेटेको हो ।