Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

 न्यूनतम कर्जामा सहुलियत

२०७९ मंसिर २९ गते

बैंकिङ खबर/  वाणिज्य बैंकलाई तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ ।  मौद्रिक नीतिलाई कार्यान्वयन गर्न बुधबार राष्ट्र बैंकले ल्याएको निर्देशिकाअनुसार ०८२ असारसम्म कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी तोकिएको कर्जा अब ०८३ असार मसान्तसम्म गर्न पाइने भएको छ ।

०८० को असार मसान्तसम्म ११ प्रतिशत, ०८१ को असार मसान्त  ०८१ सम्म १३ प्रतिशत, ०८२ असार मसान्तसम्म १४ प्रतिशत र ०८३ को असार मसान्तसम्म १५ प्रतिशत पुर्‍याए हुने भएको छ ।

ऊर्जा क्षेत्रमा तोकिएको न्यूनतम १० प्रतिशत कर्जाको समयावधिसमेत एक वर्ष थपिएको छ । जसअनुसार ०८३ को असार मसान्तसम्म लक्ष्य भेटाउनुपर्नेछ । यसअघि असार मसान्त ०८२ सम्म भेटाउनुपर्ने गरी तोकिएको थियो ।