Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निर्देशित क्षेत्रको कर्जा लगानीमा बैंकलाई सहुलियत

२०७९ मंसिर २८ गते

बैंकिङ खबर/बैंकहरुलाई निर्देशित क्षेत्रमा कर्जा लगानी गर्न राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ। केन्द्रीय बैंकले यसअघि २०८२ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु पर्ने व्यवस्था गरेकोमा अब २०८३ असार मसान्तसम्ममा न्यूनतम १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले २०८० असार मसान्तसम्ममा ११ प्रतिशत, २०८१ सम्ममा १३ प्रतिशत, २०८२ सम्ममा १४ प्रतिशत र २०८३ सम्ममा १५ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

यसअघि २०७९ असार मशान्तसम्ममा ११ प्रतिशत, २०८० सम्ममा १३ प्रतिशत, २०८१ प्रतिशतसम्ममा १४ प्रतिशत र २०८२ सम्ममा १५ प्रतिशत पुर्याउनुपर्ने व्यवस्था गरेको थियो।

यस्तै कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, उर्जा र पर्यटन क्षेत्रमा २०८३ असार मसान्तसम्ममा “ख” वर्गका वित्तीय संस्थाले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र “ग ” वर्गका वित्तीय संस्थाले न्यूनतम १५ प्रतिशत कर्जा प्रवाह गर्नु पर्ने व्यवस्था गरेको छ।