Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

तरलता अभाव कम गर्न वाणिज्य बैंकहरुले चाले यस्तो कदम

२०७३ आश्विन ३० गते

liquidityलगानी योग्य पुँजी (तरलता) कम हुँदै गएको भन्दै बाणिज्य बैंकहरुले ऋणको ब्याज दर बढाउने निर्णय गरेका छन् । बैंकहरुले भोली (सोमबार) बाट ०.५ प्रतिशत बिन्दुदेखि डेढ प्रतिशत बिन्दुसम्म ब्याज दर बढाउने भएका हुन् । बैंकहरुले बैंकहरुले तरलता अभाव हुन थालेपछि निक्षेपको ब्याज दर बढाइएको भन्दै अब ऋणको पनि बढाउन लागेको जानकारी दिएका छन् । हाल ब्यापारिक तथा व्यवसायिक प्रकृतिका ऋणको मात्रै ब्याज दर वढाउन लागेको बैंकरहरुले बताएका छन् । घर तथा गाडि कर्जाको ब्याज दर भने तत्काल नबढ्ने बताइएको छ ।