
नेपाल सरकारको विनियोजन स्रेस्ता अनुसार Bank cash Book (बैंक नगदी किताव) एक प्रमुख फारम हो यसलाई म.ले.प.फा.नं ५
मा व्यवस्था गरिएको छ । कार्यालयमा प्राप्त हुने र खर्च हुने नगद कारोवारको हिसाव देखाउन र बैंकमा रहेको हिसावसँग भिडाउन यो फारम राखिन्छ ।
त्यसैले यसको नाम बैंक नगदी किताब राखिएको हो । यसको प्रयोगबाट
– नगद कारोवारको हिसाव दुरुस्त प्राप्त हुने ।
– अनियमितता, छलकपट, हानिनोक्सानी रोक्न मदत
हुने ।
– बैंक र कार्यालयको हिसाव बीच सन्तुलन कायम
गराउन सकिन्छ ।
यस कितावमा निम्न विषयहरु (खाताहरु) समावेश हुन्छन् ।
१) नगद
२) बैंक
३) वजेट
४) पेस्की
५) विविध
यी खाताहरु प्रत्येक गोश्वरा भौचर अनुसारको विवरणको आधारमा माथि उल्लेखित ५ खाताहरुमा विभाजन गर्नुपर्छ । बैंक नगदी कितावमा जम्मा १७ महल हुन्छन् ।

